नेपालमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या ४ सय २७ पुग्यो
टुडेपटी-
काठमाडौं, जेठ ७ गते ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २५ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
बाँकेको ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवलपरासी पश्चिममा १ जना संक्रमित भेटिएका हुन् ।
योसँगै कुल संक्रमितको संख्या ४२७ पुगेको छ ।
Sponsored
बुधबार पुष्टि भएका २५ संक्रमितमध्ये ७ महिला र १८ जना पुरुष रहेको प्रवक्ता देवकोटाले बताए ।
बाँकेको नरैनापुर ५ का १७, २०, २८, ३० र ४० वर्षका र २७ वर्षीय पुरुष खजुरा ५ का रहेका छन् ।
त्यसैगरी धनकुटाका २८, २९, ३५, ३७ वर्षीय पुरुष र २४ वर्षीय महिलामा संक्रमण पुष्टि भएको र उनीहरु घनकुटाकै स्थानीय भएको प्रवक्ता देवकोटाको भनाइ छ ।