TodayPati

आयल निगम डिपो कार्यालय सखुवा-महेन्द्रनगरमा कर्मचारीको हत्या

टुडेपाटी-
जनकपुरधाम, भदौ १४ गते ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका, सखुवा महेन्द्रनगरमा रहेको नेपाल आयल निगमको डिपोमा एक कर्मचारीको हत्या भएको छ । हत्या हुनेमा सिरहा नगरपालिका–३, मखनाहा निवासी ४० वर्षीय राकेश वर्मा हुन् । उनी निगममा ज्यालादारी कर्मचारीको रूपमा कार्यरत थिए ।

घटना आज बिहान करिब १०ः३० बजे भएको हो । इलाका प्रहरी कार्यालय, सखुवा महेन्द्रनगरका अनुसार, आयल निगमको एक कोठामा विवाद हुँदा राकेश वर्माको हत्या भएको हो । प्रहरीले घटनामा संलग्न प्रकाश यादव नामक व्यक्तिलाई पक्राउ गरेको छ ।

Sponsored

प्रहरीले जानकारी दिए अनुसार, कोठाभित्र दुबैजनाबीच लडाइँ भएको थियो । घटनास्थलमा इलाका प्रहरीको टोली पुगेको छ र थप अनुसन्धान कार्य जारी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *