TodayPati

साउदीमा मृत्युको मुखबाट बाँचेर घर फर्के जनकपुरका रामआशिष

टुडेपाटी-
जनकपुरधाम, भदौ १२ गते ।

हत्या अभियोगमा साउदी अरेबियामा मृत्युदण्डको सजाय पाएका धनुषाको जनकपुरधाम उपमहनगपालिका– १७ का रामआशिष यादव घर फर्केका छन् । ब्लडमणि तिरेपछि उनी फाँसीबाट जोगिएका हुन् ।
सोमबार रुपन्देही पुगेका यादवले आफ्नो जीवन बचाउन पहल गर्नेहरूसँग भेटघाट गरे ।

साउदी अरेबियामा रूपन्देहीको कञ्चन गाउँपालिका–४ निवासी दुर्गाप्रसाद शर्माको हत्या गरेको अभियोगमा यादवलाई ६ वर्ष जेलमा बिताउनुपरेको थियो । अदालतले उनलाई फाँसीको सजाय सुनाएको थियो । तर पीडित परिवारलाई ४६ लाख रुपैयाँ ब्लडमणि बुझाएपछि यादवको सजाय फाँसीबाट माफी भएको हो ।

Sponsored

नेपाल फर्किएपछि यादवले ब्लडमणि स्वीकार गर्ने दुर्गाप्रसाद शर्माको परिवार, ब्लडमणि जुटाउन सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र अन्य उद्योगी व्यवसायीहरूसँग भेट गर्न रुपन्देही पुगे । उनले आफ्नो जीवन बचाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

यादवले साउदीमा शर्मा र आफूबीच भएको विवाद र त्यसपछि भएको घटनाबारे चर्चा गर्दै, घटना पछिको पछुतो र जेलमा बिताएका ६ वर्षका कठिन समयबारे बताए । यादवकी श्रीमती र तीन छोरीको जीवनसंग संघर्ष गरिरहेका यादव सन् २०१२ मा साउदी अरब पुगेका थिए, जहाँ उनले शर्मा संग काम गर्दै आएका थिए ।

यादवको जीवन बचाउन, प्रमुख जिल्ला अधिकारी अर्यालको नेतृत्वमा ५० लाख रुपैयाँको ब्लडमणि जुटाउन विभिन्न व्यक्तिहरूको सहयोगको भूमिका महत्वपूर्ण रह्यो। अन्ततः ४६ लाख रुपैयाँ ब्लडमणि तिरेपछि यादवको जीवन बचाउन सफल भए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *