TodayPati

सुनकोशीमा हाइलक्स गाडी खस्यो, तीन जना बेपत्ता

टुडेपाटी-
जनकपुरधाम, भदौ ८ गते

खोटाङको हलेसीबाट काठमाडौं जाँदै गरेको इसुजु हाइलक्स गाडी सुनकोशी नदीमा खस्दा तीन जना यात्रु बेपत्ता भएका छन् । शनिबार साँझ सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुले नजिकै सडकबाट गाडी सुनकोशी नदीमा खसेको हो ।

गाडीबाट हाम फालेर बाँच्न सफल एक यात्रु घाइते भएका छन् ।

Sponsored

सिन्धुली प्रहरीका प्रमुख एसपी गोविन्दराज काफ्लेका अनुसार गाडीमा सवार चार यात्रुमध्ये तीन जना सुनकोशी नदीमा खस्दा बेपत्ता भएका हुन् । २७ वर्षीय सुशान्त कक्षपतीले हाम फालेर ज्यान बचाउन सफल भएका छन् । उनैले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । घाइते कक्षपतीको उपचार सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा भइरहेको छ ।

बेपत्ता हुने यात्रुहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीय चालक अविन बडे, ३० वर्षीय प्रनित स्यागु, र ३७ वर्षीय बलराम घटुवा छन् । सुनकोशी नदीको बहाव तीव्र भएकाले बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरीका गोताखोरहरू परिचालित गरिएको सिन्धुली प्रहरीका प्रमुख एसपी काफ्लेले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *