नेपालको नयाँ नक्सा सार्वजनिक, के के छन् नयाँ नक्सामा ?
टुडेपाटी
काठमाडौँ, जेठ ७ गते ।
नेपाल सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाघुरा, लिपुलेक, कालापानीसहितको अध्यावधिक नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।
नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानीसँगै गुञ्जी, नाबी र गुटी लगायतका क्षेत्रपनि समेटिएको मन्त्री अर्यालले बताइन ।
राष्ट्रियता र सम्प्रभुताको रक्षाका लागि नेपाल सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री अर्यालले नेपालको सो कदमलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन । नेपालसँग उपलब्ध प्रमाण र तथ्यले देखाएको बाटोमा सधै अगाडी बढ्ने उनलेब ताइन ।
सार्वजनिक गरिएको राजनीति तथा प्रशासनिक नक्सामा ७ सय ५३ वटा स्थानीय तह, सातवटा प्रदेश र अन्तर्राष्ट्रिय सीमानाहरु पनि समेटिएका छन् । सरकारले नेपाल र नेपालीको सिर झुक्न नदिने उल्लेख गर्दै नक्सा प्रयोग हुने सम्पूर्ण सरकारी दस्तावेज र पाठ्यपुस्तकमा नयाँ नक्सा प्रयोग गर्न पनि मन्त्री अर्यालले आग्रह गरेकी छन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्तुत गरेको नक्सा स्वीकृति गरेको थियो।
Sponsored
सरकारले स्वीकृत गरेको नक्सा मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले प्रमाणीकरण गरेका थिए।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावअनुसार मुख्य सचिव रेग्मीले नयाँ नक्सा प्रमाणीकरण गरेका हुन्।
नेपालले सार्वजनिक गर्न लागेको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्र भारतको अतिक्रमण रहेको छ।
दुई साताअघि भारतले अतिक्रमित क्षेत्रमा निर्माण गरेको भू(भागको निर्माण गरेको सडकमा रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए।
भारतले गत कार्तिकमा आफ्नो देशको नक्सा प्रकाशन गर्दा नेपालको लिम्पियाधुरा, कालापानी आफ्नो भू–भागको रुपमा समेटेर प्रकाशन गरेपछि नेपाल सरकारलाई पनि मिचिएको आफ्नो भूमि सहितको नक्सा प्रकाशन गर्न चौतर्फी दवाव परेको थियो ।
भारतले आफ्नो नयाँ नक्सा प्रकाशन गर्दा नेपालको ३ सय ९५ वर्ग किमी भू–भागलाई अतिक्रमण गरेको थियो ।