TodayPati

सप्तरीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

टुडेपाटी

जनकपुरधाम, साउन ३२ गते

पूर्व-पश्चिम राजमार्गको सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका-३ का ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहता रहेका छन्।

Sponsored

महेश कुमारको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार, आज दिउँसो कञ्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका १० मा आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो।

ट्याङ्कर चालक सिरहा जिल्लाको कर्जना नगरपालिका-३ का ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन्। उनी अहिले ठेलियास्थित धर्मेश्व अस्पतालमा उपचाररत छन् र उनकी अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

Sponsored

दुर्घटनापछि इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीले मोटरसाइकल र ट्याङ्करलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *