TodayPati

इन्दुशंकर सुगर मिलले प्रदुषण रोक्न गरे सहमति

टुडेपाटी-
सर्लाही, माघ २६ गते ।

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले प्रदुषण नियन्त्रण गर्ने सहमति गरेको छ ।उद्योगको धूलो, धुँवा एवं दुर्गन्ध नियन्त्रणको माग गर्दै उद्योग छेउछाउका स्थानीय वासिन्दा उद्योगको गेटमा निरन्तर धर्नामा बसेपछि शनिवार उक्त सहमति भएको हो ।

सर्लाहीको हरिवन नगरपालिकाको कार्यालयमा सबै सरोकारवालाको उपस्थितिमा भएको थियो । सोे छलफलमा एकवर्ष भित्र उद्योगको प्रदुषण नियन्त्रण गर्ने निर्णय भएको हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले बताएका छन् ।

सहमती अनुसार उद्योगले प्रदुषण नियन्त्रणका लागि काम गरेरनगरेको सम्वन्धमा अनुगमन गर्न नगरप्रमुख प्रसाईको संयोजकत्वमा १५ सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ ।

Sponsored

चिनी उद्योगबाट निस्किएको धूलो, धुँवा र गन्धले आफूहरुको दैनिकी प्रभावित हुनुका साथै स्वास्थ्यमा विभिन्न खाले समस्या देखा परी घर–गाउँमा बस्नै नसक्ने अवस्था रहेको स्थानीय वासिन्दाले गुनासो गर्दै आएका छन् । शनिवारको सहमतिसँगै स्थानीय वासिन्दाले माघ २२ गतेदेखि उद्योगविरुद्ध सुरु गरेको धर्ना कार्यक्रम स्थगित गरेका छन् ।

सहमति कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, उद्योगपति राजेशबाबु केडिया, हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेल, विभिन्न वडाका वडाध्यक्ष, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र आन्दोलित स्थानीय वासिन्दाको तर्फबाट संघर्ष समितिका संयोजक सुरेश कुमार भट्टराई लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *