TodayPati

मधेश सरकारमा मन्त्री भइसकेका आलम दोस्रो पटक बने राज्यमन्त्री

टुडेपाटी-
जनकपुरधाम, साउन २३ गते ।

मधेश सरकारमा मन्त्री भइसकेका नेकपा एमालेका प्रदेश सांसद मोहम्मद जयद आलम दोस्रो पटक राज्यमन्त्री बनेका छन् ।

मुख्यमन्त्री सतिश कुमार सिंहले थपेका पाँच राज्यमन्त्रीमा आलम एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका हुन् ।

Sponsored

रौतहट क्षेत्र नं.२ (क) बाट जितेका आलम यसअघि महिला बालबालिका युवा तथा खेलकुदमन्त्री भइसकेका छन् ।

दोश्रो कार्यकालमा पहिलो पटक जसपाका सरोजकुमार यादव नेतृत्वको सरकार बन्दा आलम महिला बालबालिका युवा तथा खेलकुदमन्त्री बनेका थिए । यधपी केन्द्रमा समिकरण फेरिएपछि लामोसमय मन्त्रीमा टिक्न सकेनन् ।

मन्त्री बनेका आलम राज्यमन्त्री भएपछि सामाजिक संजालमा टिप्पणी भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *