TodayPati

सिरहामा एक युवकको शव फेला

टुडेपाटी-
जनकपुरधाम, साउन २२ गते ।

सिरहाको गोलबजारमा एक युवकको शव आज फेला परेको छ ।

गोलबजार नगरपालिका–१ वहिरीबाँध नजीकैको ग्राभेल उत्खनन् गरेको खाल्डोमा अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको हो ।

Sponsored

मृतक पहिचान खुल्न सकेको छैन । प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्ट मार्टमकोलागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको छ ।

घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *