विश्वभर कोरोना संक्रमितको संख्या झण्डै ५० लाख पुग्यो
टुडेपाटी-
काठमाडौं, जेठ ७ गते ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट ३ लाख २४ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ५५४ पुगेको हो ।
पछिल्लो २४ घण्टामा ४ हजार ५८९ जनाको ज्यान गएको छ । संसारभर ४९ लाख ८२ हजार ९३७ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ । त्यस्तै अहिलेसम्म विश्वभर १९ लाख ५६ हजार ३६१ जना ठिक भएका छन् । अमेरिकामा १५ लाख ७० हजार ९८३ संक्रमित भएका छन् भने ९३ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ ।
यसैबीच ३ लाख ६१ हजार १८० निको भएर फर्किएका छन् । संक्रमितको आधारमा रुस दोस्रो स्थानमा रहेको छ । त्यहाँ २ लाख ९९ हजार ९ सय ४१ जनाको संक्रमण देखिएको छ । रुसमा अहिलेसम्म २ हजार ८ सय ३७ जनाको ज्यान गएको छ । बेलायतमा अहिलेसम्म २ लाख ४८ हजार ८१८ संक्रमित भएका छन् भने ३५ हजार ३४१ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख २६ हजार ६९९ संक्रमित भएका छन् भने ३२ हजार १६९ जनाको मृत्यु भएको छ । फ्रान्समा एक लाख ८० हजार ८०९ कुल संक्रमित भएका छन् भने २८ हजार २२ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ७८ हजार ८०३ कुल संक्रमित भएका छन् भने २७ हजार ७७८ जनाको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या एक १ लाख ६ हजार ४ सय ७५ पुगेको छ । त्यस्तै ३ हजार ३ सय २ जनाको ज्यान गइसकेको छ । भारतमा हालसम्म ४२ हजार ३ सय ९ जना निको भएका छन् ।