TodayPati

त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका २४ यात्रुको शव फेला, १५ जनाको सनाखत

टुडेपाटी-
जनकपुरधाम, साउन ४ गते ।

असार २८ गते पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका २४ यात्रुको शव फेला परेको छ । शुक्रबारसम्म बेपत्ता भएका मध्ये २४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा भेटिएको छ । भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर दुई जना पुरुषको शव नेपाल ल्याइएको छ ।

Sponsored

भेटिएका २४ जनाको शव मध्ये ९ जनाको सनाखत हुन सकेको छैन । ७ जना पुरुष र दुई जना महिलाको शव सनाखत गर्ने प्रयास भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

हालसम्म सनाखत भएकाहरु भारतका ऋषिपाल शाह, भारतकै जयप्रकश ठाकुर, सजाद अन्सारी, विवेक कुमार, चितवनका विकाश परियार, सुदिप बिक, सर्लाहीका रमितकुमार माझी, बाराका प्रमानन्द पण्डित छन् । यस्तै गणपति डिलक्सको चालककिशोरकुमार चौधरी, रौतहटका अशोककुमार यादव, ऋषिकुमार सिंह, सर्लाहीका जितेन्द्रराम महरा, पर्साका चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारी र तुल्सी दास छन् ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स २८ असार बिहान साढे ३ बजेतिर त्रिशूलीमा खसेको थियो । थप बेपत्ताहरुको खोजी कार्य प्रहरीले जारी राखेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *