TodayPati

मधेश सरकारमा काँग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ

टुडेपाटी-
जनकपुरधाम, साउन ४ गते ।

नेपाली काँग्रेसका चार र लोसपाका एक नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

काँग्रेसबाट अर्थमन्त्रीमा सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा जनार्दन क्षेत्री, उर्जा सिंचइ तथा खानेपानी मन्त्रीमा शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा कौशल किशोर राय र लोसपाबाट शिक्षा तथा संस्कृति मन्त्रीमा रानी शर्मा तिवारीले शपथ लिएका हुन् ।

Sponsored

नवनियुक्त मन्त्रीहरु प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिएका छन् ।
२५ जेठमा मुख्यमन्त्री बनेका जनमतका सतिश केमार सिंहले तेस्रो पटक मन्त्रीपरिषद पुनर्गठन गरेका हुन् ।

यस्तै २७ जेठमा विना विभागीय मन्त्री बनाएका आफ्नो पार्टी जमतका सकिल मियालाई उद्योग बाणिज्य तथा पर्यटन मन्त्रीको जिम्मेबारी तोकेका छन् ।
शिक्षा तथा संस्कृति मन्त्री रहेका एमालेका राजकुमार लेखीलाई गृह संचार तथा कानुन मन्त्रालयको जिम्मेबारी दिइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *