TodayPati

अर्थसहित चार मन्त्रालय लिएर मधेश सरकरमा सहभागी हुँदै काँग्रेस

टुडेपाटी-
जनकपुरधाम, साउन ३ गते ।

अर्थसहित चार मन्त्रालय लिएर नेपाली कांग्रेस आज मधेश सरकारमा सहभागी हुँदै छ । जनमतले अर्थसहित चार मन्त्रालय दिने भएपछि काँग्रेस आज सरकारमा सहभागी हुन लागेको हो । जनमतले अर्थ आफैसित राख्ने अडानको कारण काँग्रेस बिच्केको थियो ।

काँग्रेसबाट चार मन्त्रालय सम्हाल्ने मन्त्रीको लागि चारजनाको नाम मुख्यमन्त्री सतिश कुमार सिंहलाई पठाएको छ । रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र सर्लाहीका कौशल किशोर रायको नाम अस्ति नै काँग्रेसले टुंगो लगाइसकेको थियो । उनीहरुको नाम मन्त्रीको लागि आज मुख्यमन्त्री सतिशकुमार सिंह समक्ष पठाएको काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले जानकारी दिए ।

Sponsored

आजै लोसपालाई समेत सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी छ । लोसपाका नेताहरुसित यस विषयमा कुराकानी भइरहेको मुख्यमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धनमा मधेशमा जनमत नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएको थियो ।

२२ असारमा कांग्रेस र लोसपाले मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत समेत दिएका थिए । त्यहीदिन मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्रसहित चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *