TodayPati

बारामा बस दुर्घटना हुँदा १५ जना घाइते

टुडेपाटी-
जनकपुरधाम, साउन १ गते ।

वीरगन्ज–पथलैया सडकखण्ड अन्तर्गत बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।

चितवनको नारायणगढबाट पर्साको वीरगन्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थित अनियन्त्रित भएर सडकमै पल्टिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

Sponsored

दुर्घटनामा घाइते हुनेहरुमा बाराको जितपुर सिमरा ३ की ३३ वर्षिया जानुका ढुंगाना, वडा नम्बर ७ अमलेखगन्जका ३३ बर्षिय शंकर गुरुङ, कलैया उपमहानगरपालिका-१८ मोतिसरका २१ बर्षिय कन्हैया गुप्ता, महागढीमाई नगरपालिका – ५ का १८ बर्षिय सर्वजित राम, मकवानपुरको हेटौडा उपमहानगरपालिका – ८ की ३९ बर्षिया सरस्वती काफ्ले, वडा नं. १५ का ३५ वर्षिय सागर गोले,९ की ५३ वर्षिया गौरी श्रेष्ठ, ४ का ३० बर्षिय अमिर थापा, वडा नम्बर १५ का २५ बर्षिय सुमन लामा लगायत घाइते भएको प्रहरीले जनाएको छ ।

चालक र सहचालकलाई नियन्त्रणमा लिएर दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *