TodayPati

धनकुटा जिल्ला अस्पतालका प्रहरीसहित ५ जनामा कोरोना संक्रमण, संक्रमितको सङ्ख्या ४०७ पुग्यो

टुडेपाटी-

धनकुटा, जेठ ६ गते ।

धनकुटा जिल्ला अस्पतालका एकजना प्रहरीसहित मंगलबार ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Sponsored

बाँकी चार जना संक्रमितमध्ये एकजना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एकजना नर्सका श्रीमान हुन् । योसँगै देशभर संक्रमितको सङ्ख्या ४ सय ७ पुगेको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पताल श्रोतले बतायो ।

यसअघि पनि सोही अस्पतालकी एकजना नर्सलाई संक्रमण देखिएको थियो । त्यसपछि उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।

Sponsored

मंगलबार मात्रै २७ जना संक्रमित थपिएका छन् ।   

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *