TodayPati

झलनाथको सर्पपालनमा भ्रष्टाचार : मधेशका पूर्व अर्थमन्त्री यादवलाई ९ वर्ष जेल, ३ करोड ५९ लाख जरिवाना

डेपाटी-
जनकपुरधाम, असार २६ गते ।

सर्लाहीको लालबन्दीमा झलनाथ खनालको नाममा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचारमा दोषी ठहर भएका मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजयकुमार यादवलाई नौ वर्ष एक महिना जेल सजाय तोकिएको छ ।
विशेष अदालतले दाेषी ठहराएका यादवलाई तीन करोड उनन्साठी लाख ६६ हजार ६ सय जरिवाना हुने फैसला सुनाएको हो ।

त्यसैगरी विशेष अदालतले उनीबाट दुई करोड ३५ लाख २९ हजार ३८६ असुल गर्न पनि आदेश दिएको छ ।  

Sponsored

दोषी ठहर भएका झलनाथ खनाल, स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी देवेन्द्र राईलाई जनही ८-८ वर्ष कैद सजाय हुने फैसला भएको छ ।

लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन्‌ ।
आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले कानुनविपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनियतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो प्रकरणमा आयोगले झण्डै १८ करोड रुपैयाँ मागदाबी गरेको छ ।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७६-०७७ को बजेट वक्तव्यमा सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने जनाएको थियो ।

Sponsored

अदालतले यसअघि गत असार ११ गत फैसला सुनाउँदै उनीहरूलाई दोषी ठहर गरेर सजाय निर्धारणका आजलाई पेशी तोकेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *