TodayPati

मन्त्रीबाट बर्खास्त भएको केही घण्टामै भट्टराईले छाडे सरकारी गाडी र आवास

टुडेपाटी-
जनकपुरधाम, असार २२ गते ।

मधेश सरकारबाट मन्त्रीबाट बर्खास्त भएका नेकपा माओवादी केन्द्रका सांसद युवराज भट्टराईले सरकारी आवास र गाडी बुझाएका छन् । बर्खास्त भएको केही घण्टा भित्रै उनले आफू चढ्ने सरकारी गाडी र आवास सरकारलाई जिम्मा लगाउँदै छाडेका हुन् ।

२५ जेठमा उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बनेका माओवादी केन्द्रका भट्टराई सहित चारदलका ६ मन्त्रीलाई मुख्यमन्त्री सतिश कुमार सिंहले शनिबार बर्खास्त गरेका छन् ।
केन्द्रमा बनेको नेपाली काँग्रेस र नेकपा एमालेको समिकरण अनुसार मधेशमा काँग्रेस र लोसपालाई सरकारमा ल्याउन जनमतले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

Sponsored

बर्खास्तमा परेका भट्टराई यथासिघ्र सरकारी आवास र गाडी छाड्ने पहिलो निवर्तमान मन्त्री हुन् । उनी यसअघि जसपाका सरोजकुमार यादवको नेतृत्वमा पनि उद्योग मन्त्री बनेका थिए । तर, त्यस बेलापनि केन्द्रमा समिकरण फेरबदल हुँदा दुई महिना पनि पदमा टिक्न सकेनन् । यसपटक पुनः मन्त्री बन्दा एक महिना नपुग्दै बर्खास्तीमा परेका छन् ।

बर्खास्तमा परेका अन्य मन्त्रीहरुले भने अहिलेसम्म सरकारी आवास र गाडी छाडेका छैनन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *