TodayPati

मुख्यमन्त्री सतिश कुमार सिंहले पाए विश्वासको मत, पक्षमा ६७ मत

टुडेपाटी-
जनकपुरधाम, असार २२ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत पाएका छन् ।
शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत पाएका हुन् ।

सिंहले मागेको विश्वासको पक्षमा ६७ सांसदले समर्थन दिएका छन् भने विपक्षमा ३४ जना सांसदले मतदान गरेका छन् । शनिबारको बैठकमा १०१ सांसद उपस्थित थिए ।

Sponsored

मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेपाली कांग्रेससहित उनको दल जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिए ।

कुल १०७ जना सांसद रहेको मधेश प्रदेशमा सरकार निर्माण गर्न ५४ जना सांसदको मत चाहिन्छ ।

मुख्यमन्त्री सिंहले यसअघि नेकपा एस, नेकपा माओवादी केन्द्र, नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकालाई बर्खास्त गरेका थिए ।

Sponsored

अब कांग्रेस र लोसपाबाट मन्त्री बनाउने तयारी मुख्यमन्त्री सिंहले गर्नेछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *