TodayPati

मधेश सरकारबाट चारदलका ६ मन्त्री बर्खास्त

टुडेपाटी-
जनकपुरधाम, असार २२ गते ।

जनमत नेतृत्वको मधेश सरकारले चार वटा दलका ६ मन्त्रीलाई बर्खास्त गरेको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिनु अघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरु बर्खास्त गरेका हुन् ।

माओवादी केन्द्रबाट अर्थ मन्त्री भरत प्रसाद साह र उद्योगा वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने र उर्जा सिँचाई तथा खानेपानी मन्त्री बेची लुंगेली, नागरिक उन्मुक्ति पार्टी श्रम तथा यातायात मन्त्री उर्मिला देवी सिंह चौधरी र संघीय समाजवादी पार्टीकी गृह संचार तथा कानुन मन्त्री बिमला अंशारीलाई बर्खास्त गरिएको छ ।

Sponsored

मुख्यमन्त्री सिंहले उनीहरूलाई बर्खास्तसहित मन्त्री परिषद पुनर्गठनको पत्र प्रदेश प्रमुख कार्यालयलाई पठाएका छन् ।
एमालेका चार मन्त्री र जनमतका एक मन्त्री यथनवत छन् ।

२५ जेठमा नेकपा एमालेसहित ६ दलको समर्थनमा जनमतका सिंह मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनले मधेश प्रदेश सभामा विश्वासको मत लिँद‌ै छन् ।

केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमालेको समिकरण भएपपछि मधेशमा जनमतको सरकारलाई नै निरन्तरता दिन दुई दल शुक्रबार साँझ सहमत भएको छ । त्यस अनुसार मधेशमा काँग्रेसलाई प्रवेश गराउन र विश्वासको मत दिन मुख्यमन्त्रीले माओवादी केन्द्रसहित चार दललाई सरकारबाट हटाएका हुन् । काँग्रेसले पनि उनलाई विश्वासको मत दिने भएका छन् ।
आज विश्वासको मत लिएपछि भोली काँग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको तयारी छ ।
बर्खास्त गर्नु अघि चारदलका मन्त्रीलाई मुख्यमन्त्री सिंहले राजिनामा दिन भनेका थिए । तर राजिनामा ढिलो आउने तथा विश्वासको मत लिनु पर्ने दबाबको कारण उनले बर्खास्त गरेका हुन् । नभए भोलिको दिनमा पुनः उनले विश्वासको मत लिनु पर्ने झमेला उत्पन्न हुने थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *