TodayPati

मधेशमा टर्यो जनमत सरकारको संकट, निरन्तरता दिन काँग्रेस र एमाले सहमत

टुडेपाटी-
जनकपुरधाम, असार २१ गते ।

केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमालेको समिकरण बनेसँगै जनमत नेतृत्वको मधेश सरकार संकटमा परेको धेरैको अनुमान थियो । तर जनमतको त्यो संकट भने टरेको छ ।
मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकारले निरन्तरता पाउने भएको छ । काँग्रेस र एमाले जनमत सरकारलाई नै निरन्तरता दिन तयार भएका छन् । यी दुई दलले नयाँ सत्ता समीकरणको सहमति गरिसकेको छ ।

मधेशबाहेक बाँकी ६ प्रदेशको नेतृत्वबारे भने कांग्रेस र एमालेले निर्णय गरिसकेको छ ।
तर मधेश प्रदेशमा भने यी दुई मिलेर मात्रै बहुमत पुग्दैनथ्यो । मधेशमा एमालेसँग सभामुख सहित २५ र कांग्रेससँग २२ सिट छ ।
तर १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ । तसर्थ कुनै तेस्रो दललाई लिनुपर्ने बाध्यतामा कांग्रेस–एमाले थिए । मधेशमा जनमतको १३ सिट छ । त्यस कारण काँग्रेस र एमाले जनमत सरकारलाई निरन्तरता दिन सहमत भएको हो ।

Sponsored

यी तीन दल बाहेक प्रदेशसभामा जसपाको १९, नेकपा माओवादीको ९, लोकतान्त्रिक समाजवादी पार्टीको ९, एकीकृत समाजवादीसँग ७, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीसँग १–१ सिट छन् ।

एमालेसहित ६ दलको समर्थनमा २५ जेठमा मुख्यमन्त्री बनेका सतिश कुमार सिंह भोलि (शनिबार) प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनलाई ती छ दलसहित काँग्रेसले पनि विश्वासको मत दिने भएको छ । कांग्रेस नेता रमेश लेखकले कांग्रेसले पनि सिंहलाई विश्वासको मत सहमति भइसकेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *