TodayPati

असई थमन विक हत्या प्रकरणमा पूर्व प्रदेश सांसद कौशल यादव पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असार १६ गते ।

आठ वर्ष अघि भएको सशस्त्र प्रहरीबलका असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशल यादवलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी प्रहरीले शनिबार राति उनलाई महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डाबाट पक्राउ गरेको हो ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार पक्राउ परेका यादवलाई आजै जिल्ला अदालत महोत्तरीमा पेश गरिएको छ । लोसपाका नेता समेत रहेका उनी लामोसमयदेखि फरार थिए । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसदमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचन अघि जसपाले उनलाई पार्टीबाट निस्कशन गरेपछि लोसपाबाट चुनाव लडे । तर पराजित भए ।

Sponsored

महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थम विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सातजनालाई जन्मकैदको सजाय सुनाएको थियो । एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाई पाएका थिए । यदवफरार यादवसहित १९ जनाको मुद्दा मुल्तवीमा राखिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *