TodayPati

बर्दिबासकाे सीटी केयर असपतालमा नागरिक सुलभ स्वास्थ अभियान, ३ हजारकाे उपचार ५ सयमै

टुडेपाटी-
जनकपुरधाम, असार १६ गते ।

महाेतरीकाे बर्दिबासमा रहेकाे सीटी केयर असपतालले नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेकाे छ । अस्पतालले ३ हजार भन्दा बढी खर्चमा हुने जाचहरु ५ सयमै गर्न सक्ने नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेकाे हाे । 

चिकित्सकद्वरा चेकजाच, विभिन्न ७ प्रकारका ल्याब टेष्ट, डिजिटल  ऐक्सेरे र इसीजी ५ सयमा गर्न सक्ने नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेकाे सीटी केयर अस्पतालका सञ्चालक सुधिर अग्रवालले बताए । 

Sponsored

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिह र बर्दीबास नगरपालिकाका नगर प्रमुख प्रहलाद क्षेत्रीले शनिबार राती संयुक्त रुपमा नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेका छन् ।

उदघाटपछि शुभकामना दिंदै मुख्यमन्त्री सिहले नागरिक सुलभ स्वास्थ अभियान निरन्तरता दिन अस्पताल सञ्चालकसंग आग्रह गरे । अभियानले नागरिक लभान्वीत हुने मुख्यमन्त्री सिहले विश्वास व्यक्त गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *