TodayPati

धनुषाको बटेश्वरमा आँप मेला सम्पन्न, सहभागीलाई खुवाइयो आँप

टुडेपाटी-
जनकपुरधाम, असार १४ गते ।

धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित चित्रपुरमा आँप मेला सम्पन्न भएको छ । आँपैआँपको बगैँचाको गाउँको रुपमा परिचित चित्रपुरमा आँपको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उदेश्यले आँप मेला आयोजन गरिएको हो ।

खाने पानी तथा सरसफाई उपभोक्ता समिति चित्रपुरको आयोजनामा भएको उक्त मेलामा करिब दुई दर्जन प्रजातिका आँप प्रदर्शनी गरिएको छ । आँपबाट बनेको अचार, अमोट, आमिल लगायतको परिकार समेत प्रदर्शन गरिएको अभियन्ता फुलगेन मगहीले बताए । मेलामा टाढा टाढाबाट सयौँ मानिस सहभागी भएका थिए । प्रदर्शनीका लागि राखिएको तथा बगैँचामै रहेका ताजाताजा आँप रुखबाटै निःशुल्क टिपेर इच्छानुसार सहभागीले जतिपनि खान मिल्ने व्यवस्था गरएको थियो । अतिथिलाई कोसोलीको रुपमा आँप वितरण गरिएको थियो ।

Sponsored

चित्रपुर मधेश प्रदेशमै सबैभन्दा धेरै आँप फल्ने गाउँको रुपमा परिचित छ । वडाध्यक्ष अशोक कुमार महतोका अनुसार यस वडामा करिब ५ सय विघा आँप खेती गरिएको छ । मेलामा माओवादी केन्द्रकी प्रदेश सांसद सरादा पहाडी, बटेश्वर गाउँपालिका उपाध्यक्ष फुलकुमारी सिंह, वडा नम्बर १ का वडाध्यक्ष अशोक महतो, नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झा लगायतले आँप मेलाको प्रशंसा गरेका थिए ।

पालिका उपाध्यक्ष सिंह र वडाध्यक्ष महतो अगामी वर्षबाट आँप खेतीको तथ्यांक संकलन, आँपबाट बनाइने प्रकारको तालिम तथा आँप मेला लगायतमा बजेट छुट्याउने प्रतिबद्धता गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *