TodayPati

जनकपुर आउँदै गरेको यात्रुबाहक बस सर्लाहीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु, १७ यात्री घाइते

टुडेपाटी-
जनकपुरधाम, असार ६ गते ।

रुपन्देहीबाट जनकपुर आउँदै गरेको यात्रुबाहक बस सर्लाहीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका ११ रायमाझी चोकमा आज बिहान रोकेर राखेको लरीमा ठोक्किँदा तीनजनाको मृत्यु भएको हो । १७ यात्री घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवट रहेकबो प्रहरीले जनाएको छ ।
घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

Sponsored

बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

निम्न घाईते हरु;-

१).जि.रुपनदेही मायादेबी गा.पा.२ तिलौरी बस्ने दसरथ मारीयाको छोरा अ.बर्ष ३३को गोबिन्द मरया को हात खुट्टामा चोट अवास्था समान्य (दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको

Sponsored

२).ऐ.ऐ.४ बस्ने बुद्दीराम यादव को श्रीमति अं. बर्ष २७ कि सिला देवी यादव हात मा चोट अवास्था मध्यम (दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको ।

३).जिल्ला रुपनदेही सुदन गा.पा.७ मधुवनी बस्ने रामेस्वर मुराउँको श्रीमति अं. बर्ष ३५ कि राधिका मुराउँ निधार खुट्टामा चोट अवास्था समान्य ।(दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको)

४).ऐ.ऐ  धावलापुर बस्ने बन्शी लोड को छोरा अं. बर्ष ३४ को चौधरीलाल लोड अनुहारमा चोट अवास्था समान्य ।(दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको ।

५).ऐ.ऐ बस्ने निजको छोरा अं.बर्ष ६ को अभिजित लोड को अनुहारमा चोट अवास्था समान्य ।(दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको ।

६).जिल्ला रुपनदेही लुम्बिनी साँस्कृत न.पा १० बुधनिपुर बस्ने लादुराम लोहार को श्रीमति अं. बर्ष ६६ की चँन्द्राउती लोहार कि बाँया हातमा चोट अवास्था मध्यम रहेको । (दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको

७). जिल्ला रुपनदेही माँयादेवी गा.पा वडा नं. २ पथरैईया बस्ने दशरथ कोहार को छोरा अं. बर्ष ४० को नन्दलाल कोहार को बाँया खुट्टामा चोट अवस्था समान्य दैयान्ती अस्पाताल नँया रोडमा उपचार भईरहेको ।

८).ऐ.ऐ बस्ने महेश लोडको श्रीमति अं. बर्ष ३० की फुलमती लोड को शरिरमा चोट अवस्था समान्यदैयान्ती अस्पाताल नँया रोडमा उपचार भईरहेको ।

९).जिल्ला रुपनदेही मधोल न.पा.२ बस्ने शुशिल मालीको श्रीमति अं. बर्ष २५ की विजया मालीको टाउको र शरिरमा चोट अवास्था समान्य मोडल अस्पताल कर्मैया मा उपचार भईरहेको ।

१०). जिल्ला रुपनदेही मधौल न.पा २ बस्ने अं.बर्ष २७ को शुशिल माली को शरिरमा चोट अवास्था समान्य मोडल अस्पताल कर्मैया मा उपचार भईरहेको ।

११).. जिल्ला रुपनदेही मायादेवी गा.पा.२ तिलौरी बस्ने अं.बर्ष ५६ को श्रीदेवी मरया को शरिरको विभिन्न भाग मा चोट अवस्था मध्यम ( उपचार को लागी बिरगंज रिफर )

१२).ऐ.ऐ बस्ने अं. बर्ष ६० को दशरथ मरया शरिरको विभिन्न भाग मा चोट अवस्था मध्यम ( उपचार को लागी बिरगंज रिफर )

१३). ऐ.ऐ. बस्ने अं. बर्ष ४०  की बिन्दु मरया को शरिरको विभिन्न भाग मा चोटअवस्था मध्यम ( उपचार को लागी बिरगंज रिफर )

१४). ऐ.ऐ. बस्ने अं. बर्ष ३९ को रिनेश मरया कोशरिरको विभिन्न भाग मा चोटअवस्था मध्यम ( उपचार को लागी बिरगंज रिफर )

१५). ऐ.ऐ. बस्ने अं. बर्ष १९ को आशिष मरया को कोशरिरको विभिन्न भाग माचोटअवस्था मध्यम ( उपचार को लागी बिरगंज रिफर )

१६). जिल्ला रुपनदेही मायादेवि गा.पा २ बस्ने दशरथ मारेया को श्रीमति अं. बर्ष ५७ कि शान्ति देवि मारेया को टाउको ,खुट्टामा चोट अवास्था मध्यम उपचार को लागी L.S neuroबारा मा उपचार भईरहेको ।

१७). हाल नामथर,वतन नखुलेको पुरुष व्यक्ति L.S. Neuroबारा मा उपचार भइरहेको अवस्था मध्यम ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *