TodayPati

अब मधेश सरकारको बजेट र योजना चिया पसलमा बिक्री हुँदैन : मुख्यमन्त्री सिंह


टुडेपाटी-
जनकपुरधाम, असार ५ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अब बजेट र योजना चिया पसलमा बिक्री हुने क्रम रोकिएको बताएका छन् ।

बुधबार महोत्तरीको मटिहानी नगरपालिकाको १३ औँ नगर सभाको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकारको बजेट र योजना चिया पसलमा विक्री हुने क्रम जनमत नेतृत्वको सरकारले रोक्न सफल भएको दाबी गरे ।

Sponsored

’अन्न निर्यात गर्नुपर्ने प्रदेशमा अहिले हरेक अन्न आयात गर्नुपर्ने स्थिति आएको छ,’ मुख्यमन्त्री सिंहले भने, ’संघीयता मधेशलाई चाहिएको छ । मधेशलाई कृषि आवश्यक छ ।’ उनले मधेशको कृषि उत्पादनको अवस्था सन्तोषजनक नरहेको बताए ।

संघीयताको भविष्य मधेश प्रदेशको नीति कार्यक्रम र बजेटले बलियो बनाउने प्रयास गरेको उनले बताए ।

‘मधेशको विकासका लागि ठुलो प्लटमा खेती आवश्यक छ,’ उनले भने, ‘व्यवसायिक कृषि खेती गर्ने स्थानीय तहसंग प्रदेश सरकार समन्वय गर्न तयार छ ।’ तीन तहको सरकारले एकै खालको योजना ल्याउने परम्परा रोक्न प्रदेश सरकार अग्रसर भएको उनको भनाइ थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *