TodayPati

जिल्ला प्रहरी कार्यालय सिरहामा महिला प्रहरी मृत फेला प्रकरणमा एकजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असार ५ गते ।

जिल्ला प्रहरी कार्यालय सिरहाको मृत भेटिएकी प्रहरी जवानको मृत्यु घटनामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय सिरहाको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको शौचालयमा प्रहरी जवान २५ वर्षीया करिश्मा सुनार पासोमा झुण्डको अवस्थामा मृत फेला परेकी थिइन् ।

बाकें खजुरा गाउँपालिका ४ बस्ने वेद बहादुर सुनारका छोरी करिश्माले आत्महत्या गरेको खुलेको छ । सो घटनाको अनुसन्धानको क्रममा आत्महत्या दुरुत्साहन आरोपमा दैलेखको खरिगैडा घर भई हाल बाँकेको बैधनाथ गाउँपालिका २ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

Sponsored

थापालाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको छ । उनलाई आत्महत्या दुरुत्साहन मुद्दामा सिरहा जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *