TodayPati

मधेश सरकारले ल्यायो ४३ अर्ब ८९ करोड बजेट (पूर्णपाठ)

टुडेपाटी
जनकपुरधाम, असार १ गते ।

मधेश सरकारले अगामी आर्थिक वर्ष २०८१–८२को लागि ४३ अर्ब ८९ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री भरत प्रसाद साहले मधेश प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बजेट प्रस्तुत गरेका हुन् ।

चालु तर्फ कुल विनियोजन मध्ये १६ अर्ब ०७ लाख १ हजार रहेको छ । यो कुल बजेटको ३६.४५ प्रतिशत हो ।
यस्तै पुँजीग ततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको हो । यो कुल बजेटको ६३.५५ प्रतिशत हो । आगामी आर्थिक वर्षको अनुमानित बजेट चालु आर्थिक २०८०–८१ को तुलनामा ०.५० प्रतिशत कम हो ।

Sponsored

बजेटको स्रोत मध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ०७ करोड ३० लाख रुपैयाँ, वित्तीय हस्तान्तरण अनुदान तर्फ वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७९ करोड ९२ लाख तथा शसर्त अनुदानबाट ३ अर्ब ५५ करोड ७८ लाख हजार गरी जम्मा ११ अर्ब ३५ करोड ७० लाख रुपैयाँ रहेको छ ।

यस्तै संघीय राजस्व बाँडफाँटबाट १३ अर्ब ६० करोड र गत वर्षको नगद मौज्दातबाट ७ अर्ब ८६ करोड २१ लाख ७० हजार ब्यहोर्दा २ अर्ब न्यून हुने बजेट वक्तव्यमा छ । सो न्यून पूर्ति गर्न आन्तरिक ऋणबाट रु. २ अर्ब जुटाइने जनाएको छ । राजस्व, वित्तीय हस्तान्तरण, नगद मौज्दात र संघिय बाँडफाँटवाट प्राप्त श्रोत परिचालन गर्दा नपुग हुने रकम आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री साहले बताए ।

मधेश सरकारले पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, सिंचाई उद्योग, पर्यटन, खेलकुद, यातायात क्षेत्रलाई समेटेर उक्त बजेट ल्याएको हो । प्राथमिकतामा भने अनुत्पादक क्षेत्र नै बढी देखिएको छ ।

Sponsored

अगामी आर्थिक वर्ष २०८१।८२को बजेटको पूर्णपाठ

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *