TodayPati

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार

टुडेपाटी-
जनकपुरधाम, जेठ ३२ गते ।

बारामा एकजना क्याम्पस प्रमुखमाथि अज्ञात समूहको गोली प्रहार गरेको छ । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहामाथि बाराको आदर्श कोतवाल गाउँपालिका ३ बतरामा गोली प्रहार भएको हो ।

एक गोली लागेर उनी गम्भीर घाइते भएको र उनको वीरगन्जको बयोधा अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार आज साढे ५ बजेतिर उनीमाथि गोली प्रहार भएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *