TodayPati

गृहमन्त्री रविको घोषणा- ‘जनकपुरको अतिक्रमित ९ हजार बिघा जग्गाको अपरेशन सुरु गर्छौं’

टुडेपाटी-
जनकपुरधाम, जेठ ३२ गते ।

उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले वृहत् जनकपुरको ९ हजार बिघा अतिक्रमित सार्वजनिक जग्गा कारबाहीको दायरामा ल्याउने बताएका छन् । लामिछानेले केही दिनमै ९ हजार बिघा जग्गा अतिक्रमणविरुद्ध प्रहरीले अपरेशन सुरु गर्ने बताएका हुन् ।

शुक्रबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको अन्त्यमा बोल्दै उनले भने ‘जाँदाजाँदै तपाईंहरुलाई एउटा कुरा जानकारी गराऔं । वृहत् जनकपुरको ९ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको छ । यसविरुद्ध केही दिनमै बिग अपरेशन प्रहरीले गर्दैछ’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *