TodayPati

‘घुमौ मधेश बुझौ मधेश’देखि विदेशमा ज्यान गुमाएका नेपालीको लास घर ल्याउनेसम्म मधेश सरकारको नीति कार्यक्रम (पूर्ण पाठ)


टुडेपाटी

जनकपुरधाम, जेठ २९ गते । बब

मधेश सरकारले अगामी आर्थिक वर्षका लागि घुमौ मधेश बुझौ मधेशदेखि विदेशमा ज्यान गुमाएका श्रमिकको लास घरसम्म पुर्याउने नीति तथा कार्यक्रम ल्याएको छ ।
कृषि, शिक्षा, स्वास्थ्य, सडक, खेलकुद, पर्यटन लगायत क्षेत्र समेटेर प्रायः पुरानै र केही नयाँ नीति तथा कार्यक्रम ल्याएको हो ।

Sponsored

मधेश प्रदेशसभामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश सरकारको अगामी आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
कृषि क्षेत्रको प्रवद्र्धनका लागि एक पालिका एक कृषि उत्कृष्टता केन्द्र निर्माण, मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवा मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम, घुमौ मधेश बुझौ मधेश भन्ने मूल नाराका साथ पर्यटन वर्ष, अटोमेटिक ट्राइल सेन्टर स्थापना, एक क्षेत्र एक पक्की पूल नयाँ रहेको छ ।

यस्तै बरोजगराी समस्या न्यूनिकरणका लागि हरेक निर्वाचन क्षेत्र एक रोजगार प्रवद्र्धन केन्द्र, ⁠हरेक पालिकामा कृषि बिद्युतीकरण, ⁠पूर्ण साक्षर मधेश प्रदेश – साक्षरता अभियान, ⁠हरेक जिल्लामा पूर्ण सुसज्जित मेडिकल उपकरणसहितको मोबाइल एम्बुलेंस, ⁠हरेक पालिकाको सांस्कृतिक झल्को देखिने माटो पार्क निर्माण गर्ने सरकारको नीति रहेको छ ।

⁠हरेक पालिका एक एग्रोभेट, करोड़ वृक्षारोपण अभियान, ⁠मधेश स्वयंसेवक कोर, ⁠चुरे संरक्षण तथा पानी रिचार्ज, ⁠मधेश प्रीमियर लिग, मधेश इतिहास पार्क, ⁠मधेश लगानी सम्मेलन, ⁠मधेश बैदेशिक रोजगार प्रशिक्षण कार्यक्रम, ⁠मधेश बैदेशिक रोजगार उद्धार केन्द्र, ⁠स्किल टेस्ट सेण्टर, ⁠प्रादेशिक कृषि औजार केन्द्र, ⁠मधेश स्टार्ट अप र इनोवेशन सेण्टर, ⁠टीच फॉर मधेश, ⁠हरेक ४ बिगाहा १ बोरिंग कार्यक्रम, मधेश आईटी पार्क निर्माण गर्ने सरकारको नयाँ कार्यक्रम छ ।

Sponsored

मधेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *