TodayPati

२० सुत्रिय मागसहित बटेश्वर गाउँपालिकामा दलहरुले बुझाए ज्ञापन-पत्र

टुडेपाटी-
जनकपुरधाम, जेठ २९ गते ।

धनुषाको बटेश्वर गाउँपालिकामा चर दलले बीस सुत्रिय मागसहित ज्ञापन पत्र बुझाएका छन् । नदीको अवैद्य दोहन बन्द गर्नुपर्नेसहितका २० सुत्रियमागसहित संघर्ष समितिका संयोजक रामप्रबोध महतको नेतृत्वमा दलहरुले पालिका उपाध्याक्ष फुलकुमारी सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् ।

जनप्रतिनिधिले भ्रष्टाचारलाई प्रोत्साहित गरेको र काँग्रेसका नेता कार्यकर्ताको घरजग्गामा योजना केन्द्रीत गरेको भन्दै आन्दोलनको चेतावनीसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी र राप्रपाले संयुक्त ज्ञापनपबत्र बुझाएका छन् ।

Sponsored

बिद्यालय, स्वास्थय चौकी र सार्वजनिक स्थलहरुमा यथासिघ्र शुद्ध खाने पानीको व्यवस्था गर्नुपर्ने, कमिसन खान गैर कानुनी ढङ्गले भइरहेको खोलाको अवैद्य उत्खनन बन्द गर्नुपर्ने, सिँचाइको लागि ईनार, स्यालोटियूवेल र डिप बोर्डिङ्ग लगायत यथाशीघ्र संचालनमा नल्याउनु पर्ने दलहरुको माग छ ।

यस्तै पालिका अध्ययक्ष, वडाअध्यक्ष तथा अन्य जनप्रतिनिधि र काँग्रेसको कार्यकर्ताको घर खेतमा ईनार, बोडिङ्ग र जग्गा प्लटीङ्ग गरी सडक र विद्युतीय करण हुने योजना तत्काल बन्द गर्नुपर्ने, पाँचै वडामा किसानको लागी उन्नजातको बिउ, विजन र खाध मल सहुलियत दरमा सहज तरिकाले वितरण हुनुपर्ने, शिवशक्ति मावि र जनप्रयि मावि लगायत सम्पूर्ण बिद्यालयहरुमा कानुन अनुसार विद्यालय व्यवस्थापन समिति गठन हुनुपर्ने, विद्यालयमा राजनैतिक करण बन्द गर्नुपर्ने लगायतको २० सुत्रिय माग दलहरुले गरेका छन् ।

ज्ञापनपत्र बुझाउन एमाले गाउँपालिका अध्यक्ष रामखेलावन महतो, मओवादी केन्द्रका पालिका अध्यक्ष पदम लामा, एकीकृत समाजवादीका पालिका अध्यक्ष रामअशिष महतो, जनमतका अध्यक्ष रामपरीक्षण महतो, राप्रपा अध्यक्ष वृजलाल महतो लगायत दर्जनौंको संख्यामा नेताकार्यकर्ता गाउँपालिका कार्यालय पुगेका थिए । दलहरु ज्ञापन पत्र बुझाउन पुगेको बेला पालिकामा तनावसमेत उत्पन्न भएको थियो । पालिका अध्यक्ष रामअशिष महतो अनुपस्थित हुँदा दलहरुले पालिका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाएर फर्केका थिए ।

Sponsored

वडा नं. २ का वडाध्यक्ष बाहेक गाउँपालिकामा सबै जनप्रतिनिधि काँग्रेबाट जितेका छन् । मागहरु यथाशीघ्र पूरा नभए चरणवद्ध आन्दोलन गर्ने दलहरुले चेतावनी समेत दिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *