TodayPati

बटेश्वर गाउँपालिकाले ५ लाखमा खरिद गरेको सफ्टवेयरमा अनियमितता

टुडेपाटी-
जनकपुरधाम, जेठ २८ गते ।

धनुषाको बटेश्वर गाउँपालिका कार्यालयले उपयोग विहीन अनलाइन सफ्वेयर खरिद गरेर अनियमितता गरेको पाइएको छ । गत आर्थिक वर्ष २०७९।०८० मा गाउँपालिका कार्यालयले पालिकाले कर भुक्तानीका लागि ४ लाख ९८ हजार ३३० रुपैयाँमा सफ्टवेयर खरिद गरेको थियो । कोटेशनमा खरिद गरेको त्यस सफ्टवेयर वापत सांग्रिला इन्फोटिक्सलाई सो रकम भुक्तानी गरेको छ ।

तर, सो सफ्टवेयर हालसम्म प्रयोगमा नरहेको र अवश्यक्ताको आधारमा अनियमितता भएको हालै महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९।०८० को ६१ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

Sponsored

‘सार्वजनिक स्रोत खर्च गर्दा आवश्यकतामा आधारित भएर गर्नुपर्नेमा खरिद गरिएको सफ्टवेयर उपयोगमा नरहेकोले भुक्तानी गरेको नियम संगत देखिदैन’ प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकले उपयोगमा नरहेको सफ्टवेयर खरिदलाई बेरुजु ठह्र्याउँदै प्रमाण पेशगर्न गाउँपालिका कार्यालयलाई भनेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *