TodayPati

मधेशमा मन्त्री परिषद विस्तार, जनमतबाट त्रिभुवन साह वन र सकिल मियाँ बने विना विभागीय मन्त्री

टुडेपाटी-
जनकपुरधाम, जेठ २७ गते ।

मधेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रीपरिषद विस्तार गरेका छन् । उनले
वन तथा वातावरण मन्त्री त्रिभुवन साह र विनाविभागीय मन्त्री मो.सकिल मियाँलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री साह र मन्त्री मियाँले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट मन्त्री साह र मियाँले शपथ लिएका हुन्

Sponsored

गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले आफ्नो शपथसंगै १० मन्त्री र तीन मन्त्री नियुक्त गरेका थिए । गत शुक्रबार जनमतबाट विनाविभागीय मन्त्री बनेकी रञ्जु खंगलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मा दिइएको छ । योसंगै अब जनमतबाट मुख्यमन्त्री बनेका संहको मन्त्री मण्डल १६ सदस्य भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *