TodayPati

मधेश प्रदेशमा रोजगारी सृजना गर्ने उद्योग मन्त्री भट्टराईको पहिलो निर्णय

टुडेपाटी

जनकपुरधाम, जेठ २५ गते ।

मधेश प्रदेशका नवनियुक्त उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले स्थानीय जनताका लागि रोजगारीको सृजना गर्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले उद्यमशिलता तथा रोजगारी प्रवद्र्धनका लागि विभिन्न सरकारी, निजि तथा गैर सरकारी क्षेत्रहरुसंग सहकार्य गरि अघि बढ्ने निर्णय गरेका हुन् ।

Sponsored

मधेशमा रहेको उधोगहरुमा स्थानीय दक्ष जनशक्तिको अभावमा भारतबाट कामदारहरु ल्याई काममा लगाउने अवस्था र नेपालबाट बैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये मधेश प्रदेशका जिल्लाहरुको संख्या अत्याधिक रहेकाले विभिन्न संस्थाको सहकार्यमा सीपमूलक तालिम प्रदान गरी रोजगारीमा लगाउने निर्णय गरेको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *