TodayPati

मधेशका मुख्यमन्त्री सिंहले गरे १० मन्त्री र ३ राज्यमन्त्री नियुक्त, सबैले खाए शपथ

टुडेपाटी-
जनकपुरधाम, जेठ २५ गते ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जनमतबाट आजमात्रै मुख्यमन्त्री नियुक्त भएका सिंहले १० मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका हुन् ।

उनले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त गरेका हुन् ।

Sponsored

त्यस्तै माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई नियुक्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री भएका छन् ।

गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाल समाजवादी पार्टीकी बिमला अंशारी तरुनम र नागरिक उनमुक्ति पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बनेकी छन् ।

Sponsored

मधेश प्रदेशको मन्त्रिपरिषद्मा तीन जना राज्यमन्त्री भएका छन् । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय, शारदा थापा शिक्षा तथा संस्कृत राज्यमन्त्री र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।

वन तथा वातावरण मन्त्रालय भने खाली छ । सो मन्त्रालयमा आफ्नो पार्टीबाट पछि उनले मन्त्री नियुक्त गर्ने जनाएको छ ।
नवनियुक्त मन्त्रीहरु प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाटा शपथ लिएका छन् । राज्यमन्त्रीहरु भने मुख्यमन्त्री सिंहबाट शपथ लिएका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *