TodayPati

मधेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले लिए पद तथा गोपनियताको शपथ

टुडेपाटी-
जनकपुरधाम, जेठ २५ गते ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिएका छन् । शुक्रबार बिहान मुख्यमन्त्री नियुक्त भएका उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सिंहले शपथ लिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सतिश सिंह मुख्यमन्त्री नियुक्त भएका छन् । जनमत, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

Sponsored

मुख्यमन्त्री बनेका सिंह सप्तरी क्षेत्र नं. २ (ख)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *