TodayPati

जनमतका सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश, टुंगियो मन्त्रालय भागबन्डा

टुडेपाटी-
जनकपुरधाम, जेठ २५ गते ।

जनमतका सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख कार्यालयमा दावी पेश गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवदेदी भण्डारी समक्ष नेकपा एमालेसहितका दलले सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश गरेका छन् ।

एमालेसहित माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीका ५५ जना सासंदले सतिश सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेका छन् ।
उनलाई १० बजेपछि प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी छन् ।

Sponsored

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्‍मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । सरकारको नेतृत्व जनमतले गर्ने पहिल्यै सहमति भएपनि मन्त्रालय भागबन्डामा सहमति जुट्न सकेको थिएन ।

अबेर राति दलहरुबीच भागवण्डा टुंगेपछि आज बिहान मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गरिएको छ । साझेदार दलहरुबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन नेकपा एसलाई कृषि, उर्जा तथा सिंचाइ, १–१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको स्रोतले जानकारी दिएको छ । मधेश प्रदेशमा मुख्यमन्त्री बाहेक ११ मन्त्रालय छ । भागबण्डामा बाँकी रहेका एक मात्र वन तथा वातावरण मन्त्रालय जनमतले लिने सहमति भएको छ ।

आज दिउँसो १२ बजे मुख्यमन्त्रीको शपथको कार्यक्रम राखिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *