TodayPati

महेश यादवको नाम चर्चामै सिमित, सतिश सिंहलाई मुख्यमन्त्री बनाउने जनमतको निर्णय

टुडेपाटी-
जनकपुरधाम, जेठ २४ गते ।

जनमत पार्टीले मधेशका मुख्यमन्त्री प्रदेश सांसद सतिश सिंहलाई बनाउने निर्णय गरेको छ । जनमत पार्टीको केन्द्रिय सचिवालय बैठकबाट उनलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
सुरुदेखि जनमत संसदीय दलका नेता महेश प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने पार्टीको तयारी थियो । तर दावी पेश गर्ने दिन जनमतले सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
आजै सिंहलाई मुख्यमन्त्री बनाउन दलहरुले बहुमतसहित प्रदेश प्रमुखलाई दावी पेश गर्ने दलहरुको तयारी छ । मधेशमा जनमको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्रले सहमति गरिसकेको छ ।

सिंह सप्तरी क्षेत्र नं. २ (क)बाट प्रत्यक्ष निर्वाचित छन् । उनले पहिलो कार्यकालको सरकारमा अर्थमन्त्री र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बनेका शैलेन्द्र साहलाई पराजित गर्दै जित हाँसिल गरेका थिए । सिंह मधेश प्रदेशसभाका अर्थ तथा योजना समितिका सभापति समेत हुन् ।

Sponsored

मधेश प्रदेश प्रमुखले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । आज दिउँसो ३ बजेतिर सिंहलाई मुख्यमन्त्री बनाउन दावी पेस गर्ने जनमतका एक सांसदले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *