TodayPati

मधेशमा नयाँ सरकार गठनको लागि आह्वान

टुडेपाटी-
जनकपुरधाम, जेठ २३ गते ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

बुधबार साँझ एक सूचना जारी गर्दै गर्दै बहुमतसहित शुक्रबार बिहान १० बजेसम्म दावी पेश गर्न प्रदेश प्रमुख कार्यालयले आह्वान गरेको छ ।

Sponsored

मधेशमा अव जनमतको सरकार बन्ने निश्चित छ । नेकपा एमाले, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य दुई साना दलले जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवलाई मुख्यमन्त्री नियुक्त गर्न आज बिहान १० बजेतिर दावी पेश गर्ने तयारी रहेको एक सांसदले बताए । बहुमतसहित दावी पेश गरेपछि उनलाई आजै प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *