TodayPati

पतिको दिर्घायुको कामना गर्दै मिथिलानीहरु आज वटसावित्री पर्व मनाउँदै

टुडेपाटी-
जनकपुरधाम, जेठ २४ गते ।

पतिको दिर्घायुको कामना गर्दै मिथिलानीहरुले आज वटसावित्री पर्व मनाउँदै छन् । जनकपुरधाम लगायत ग्रामीण भेगमा नवविवाहित महिलाहरु वरको रुखमा रातो पहेलो धागो बाँधेर पतिको दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँने गर्दछन् ।

वटसावित्री पर्व मनाउँदा मनको इच्छा पूरा हुने र पतिको आयु पनि बढ्ने जनविश्वास रहेको छ । धार्मिक किम्वदन्ती अनुसार वरको रुखमा व्रह्मा, बिष्णु र महादेवको बास हुने भएकोले वरको पूजा गर्ने प्रचलन छ । पौराणिक मान्यता अनुसार ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने गदर्छन् ।

Sponsored

केही वर्षअघिसम्म व्राम्हण, कायस्थ र सुनार जातिका महिलाहरुले मात्र मनाउँने यो पर्व पछिल्लो समय अन्य समुदायका महिलाहरु पनि मनाउन थालेका छन् । यो पर्व मनाउन नवविवाहिता महिलाहरुको माइतीबाट साडी, चोलो, चना, आँप, चुरा, दही बेन (बाँसको पंखा) रातो पहेलो धागो (कोसेली) पठाउने गरिन्छ त्यसै कोसेलीबाट पूजाआजा गर्ने चलन छ । अन्य रुखको तुलनामा वरको रुखको आयु लामो हुने हुनाले र त्यही रुखमुनि सावित्रीको पति सत्यवानको प्राण फिर्ता गरिएको धार्मिक विश्वाससहित यो पर्व मनाउने गरिन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *