TodayPati

जसपा नेपालको महाधिवेशनको लागि जनकपुरमा एक महिना लगाएर बनाएको पण्डाल भत्कियो

टुडेपाटी-
जनकपुरधाम, जेठ २२ गते ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको आगामी जेठ २८ गतेदेखि हुने एकताको प्रथम राष्ट्रिय महाधिवेशनको लागि जनकपुरको तिरहुतियागाछी मैदानमा निर्माणाधीन टेन्ट पण्डाल भत्केको छ ।

एक महिनादेखि निर्माणाधीन पण्डाल अन्तिम चरणमा वर्षासंगै आएको हवाहुरीले भत्केको हो ।

Sponsored

जसपा नेपालका धनुषा जिल्ला अध्यक्ष पशुपति यादवका अनुसार २० हजार नेताकार्यकर्ता आट्ने क्षमताको सो पण्डाल निर्माणको अन्तिमचरणमा थियो । सोमबार राति आएको वर्षा र हावाहुरीले भत्केको उनले बताए ।

सो पण्डाल एक महिनादेखि दर्जनौं मजदुरले निर्माण गरिरहेका थिए ।
रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतोको लगानीमा उक्त पण्डाल बनिरहेको छ । भत्केको पण्डाल बाँस हटाउँदै पुनः निर्माण गरिने जसपाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *