TodayPati

मधेश प्रदेश श्रमाधान रोजगार मेला सम्पन्न, दुई हजार युवाले दिए रोजगारीका लागि निवेदन

टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।

संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा “मधेश प्रदेश श्रमाधान रोजगार मेला“ मधेस प्रदेशको जनकपुरमा सफलतापूर्वक सम्पन्न भएको छ । मधेस प्रदेशको जनकपुरधामको उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न उक्त मेलामा मिति २०८१ जेठ १९ गते शनिवार करिव तीन हजार पाँच सय र २० गते आईतवार करिव दुई हजार पाँच सय गरी छ हजार भन्दा धेरै व्यक्तिहरुले मेलाको अवलोकन गरेका छन्।

दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिव २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् । मेलामा रोजगारीको लागि होटलतर्फ १०५ जना, अटोमोवाइल क्षेत्रमा ३५ र बैंकमा २७ र सेक्युरिट गार्ड तर्फ ८० जना गरि जम्मा २४७ जना आवेदकहरुलाई अन्तरवार्ताको लागि आमन्त्रण गरिएको छ ।

Sponsored

मेलामा उद्योग प्रतिष्ठानका १४ होटल संस्थाहरु–४ रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११. बैंक तथा वित्तीय संस्थाको २ तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्रसमेत ६ गरी जम्मा ३७ वटा स्टल राखिएका थिए ।

नेपाल उद्योग परिसंघ मधेश प्रदेशको संयोजनमा भएको मेलाको शनिवार माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल ज्युबाट उदघाटन भएको थियो । त्यस्तै मेलामा माननीय प्रदेश श्रम तथा यातायत मन्त्री बेची लुगेली ज्यूको उपस्थिति रहेको थियो ।

मेलामा श्रमाधान संवाद अन्तर्गत ४ वटा प्यानलहरुमा श्रम आप्रवासन र कानुनी प्रकृया र मनोसामाजिक प्रभाव, श्रम बजारमा भ्रामक सुचनाको असर, मधेशमा महिला उद्यमी संघर्ष विचको अवसर र वैदेशिक रोजगार कति सहज कति असहज, अबको बाटो सामाजिक सुरक्षाको प्यानल छलफल सम्पन्न भयो । उक्त प्यानल छलफलमा करिव २ हजार जनाको उपस्थिति रहेको थियो ।

Sponsored

आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ’श्रमाधान रोजगार मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेशको श्रम तथा यातायत मन्त्रालय र वीरगंज महानगरपालिका, जनकपुर, कलैया, जीतपुरसीमरा उपमहानगरपालिका र चन्द्रपुर नगरपालिका आयोजकका रुपमा रहेका थिए ।

देशका सातै प्रदेशमा हुने ’श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रुपमा रहेका थिए । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुन एकीकरण परियोजना (रेमी) ले पनि मेलामा विशेष सहयोग गरेका थिए । मेलामा सहयोग पुर्याउने सबैलाई आयोजकका तर्फवाट प्रशंसापत्र वितरण तथा धन्यवाद ज्ञापन गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *