TodayPati

हंसपुरका तत्कालीन प्रशासकीय अधिकृत अधिकारीले भ्रष्टाचार मुद्दामा पाए सफाइ

टुडेपाटी-
जनकपुरधाम, जेठ १९ गते ।

धनुषाको हंसपुर नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

हंसपुर नगरपालिकाको वडा नं. १ स्थित रहेको भगवानपट्टीको पोखरी ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित चारजनामाथि ८ पुसमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Sponsored

जेठ १६ गते विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा तत्काली प्रशासकीय अधिकृत अधिकारीलाई सफाई को फैसला सुनाएको हो । अन्य तीनजनालाई दोषी ठहर गरेको हो ।

‘….भ्रष्टाचार (हानीनोक्सानी) गरेको भन्ने मुद्दामा प्रतिवादी तपाई केशव कुमार अधिकारी समेत भएको मुद्दामा फैसलाको जानकारी पाउँ भनी आज यस अदालतमा निवेदन दिनु भएकोमा उक्त मुद्दा मिति २०८१/०२/१६ मा इजलाश समक्ष पेश हुँदा तपाइँले आरोपित कसूरबाट सफाई पाउने ठहरी फैसला भएको राय कितावबाट देखिएको बेहोरा जानकारी गराईन्छ’, उनलाई विशेष अदालतका इजलास अधिकृत प्रकाशनारायण श्रेष्ठले उपलब्ध गराएको पत्रमा उल्लेख छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *