TodayPati

ढल्केबरबाट मालपोत र नापी कार्यालयको सेवा सुरु

टुडेपाटी-

जनकपुरधाम, जेठ १८ गते ।

धनुषाको ढल्केबरमा स्थापना भएको मालपोत र नापी कार्यालयको उद्घाटन भएको छ ।

Sponsored

शुक्रबार राष्ट्रिय सभाका सदस्य आनन्द प्रसाद ढुङ्गाना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संयुक्त रुपमा उद्घाटन गरेपछी सेवा सुचारु भएको हो ।

दुवै कार्यालयको संयुक्त उद्घाटन गरिएको छ । उद्घाटनसँगै जग्गासम्बन्धी सबै कामकाग सुरु भएको छ ।


कार्यालय उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य ढुङ्गानाले सङ्घीयताको भावनाअनुसार जनतालाई आफ्नै ठाउँबाट सहज रुपमा सेवा दिने उद्देश्यले ढल्केबर मालपोत र नापी कार्यालयको स्थापना भएको बताए । कार्यालयहरु सञ्चालनमा आउँदा धनुषाको उत्तरपूर्वका जनतालाई जग्गासम्बन्धी काम गराउन सुविधा पुग्ने उनले जानकारी दिए ।

Sponsored


राष्ट्रिय सभा सदस्य ढुङ्गानाले जनताको कामसँग प्रत्यक्ष जोडिएको यस कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्दै चुस्तदुरुस्त भएर सेवा प्रदान गर्न सुझाव दिए ।

नेपाली कांग्रेसका सहमहामन्त्री यादवले ढल्केबरलगायत आसपासका पालिकाका नागरिकलाई जग्गासम्बन्धी कामकाज गराउनका लागि अब जनकपुर जानु नपर्ने बताए । यहाँ मालपोत र नापीको सेवा सुचारु गर्ने विषयमा आफूले पनि आवश्यक पहल गरेको उनले जानकारी गराए ।

मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले मालपोत र नापी कार्यालय सञ्चालनमा आएसँगै ढल्केबरमा इलाका प्रशासन कार्यालयको स्थापना गर्न जुटेको बताए ।

उनले कार्यालय सञ्चालनसँगै यहाँको व्यापार व्यवसायमा वृद्धि हुने विश्वा व्यक्त गर्दै जग्गासम्बन्धी कामका लागि तीन सयदेखि पाँच सय रुपियाँ खर्चेर २४ किलो मिटर टाढा जनकपुर जानुपर्ने बाध्यता हट्ने जानकारी बताए । कार्यालयको सेवा चुस्त दुरुस्त गर्न मेयर महतोले निर्देशन दिए ।


ढल्केबर सञ्चालन भएको मालपोत र नापी कार्यालयले साविकका गाविसहरु ढल्केवर, बेङ्गाडाबर, तुलसी, हरिहरपुर, नकटाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुरलगायत हालका तीन वटा स्थानीय तह मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका सेवा प्रदान गर्ने बताइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *