TodayPati

गर्मीले जनकपुरका विद्यालयहरु पाँच दिनका लागि बन्द

टुडेपाटी
जनकपुरधाम, जेठ १८ गते ।

गर्मीमा बालबालिकाको पठनपाठन असहज बनेपछि जनकपुरधामका विद्यालयहरु पाँच दिनका लागि बन्द भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले गर्मीलाई मध्यनजर गर्दै आजदेखि जेठ २१ गतेसम्मका लागि विद्यालयहरु बन्दको घोषणा गरेको हो ।

उपमहानगरपालिकाले बुधबार एक विज्ञप्ती जारी गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिन बन्द रहने जनाएको छ ।

Sponsored

‘प्रस्तुत विषयमा हाल बढ्दो अत्यधिक गर्मीको कारण बाल बालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्य नजर गर्दै मिति २०८१÷०२÷१७ गते बिहिबार देखि २०८१÷०२÷२१ गते सोमबार सम्म जम्मा ५ दिन वर्षे विदाबाट कट्टा हुने गरी यस उप–महानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्य बाहेक पठन पाठन बन्द हुने व्यहोरा सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारीको लागि अनुरोध छ’ निमित प्रमुख प्रशासकीय अधिकृत उपसचिव मेहिलाल यादवले जारी गरेको सूचनामा उल्लेख छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *