TodayPati

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया रिहा

टुडेपाटी-
जनकपुरधाम, जेठ १७ गते ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । नागरिकता प्रकरणमा गत जेठ ८ गते पक्राउ परेका सिरोहिया ९ दिनपछि बुधबार साँझ हाजिरी जमानतमा रिहा भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

Sponsored

८ जेठमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि १२ जेठमा काव्य अस्पताल भर्ना गरिएका थिए । मुटुसम्बन्धी समस्या भएका सिरोहियालाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमा काठमाडौं लागिएको थियो । हाल उनको नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा उपचार भइरहेको छ ।

सोमबार तेस्रो पटक धनुषा जिल्ला अदालतले तीनदिनको म्याद थप गरेको थियो । बुधबार सो म्याद समाप्त भएपछि हाजिरी जमानतमा रिहा गरिएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *