TodayPati

जनकपुरधामलाई वैवाहिक हबको रुपमा विकास गरिने

टुडेपाटी-
जनकपुरधाम, जेठ १६ गते ।

सरकारले जनकपुरधामलाई वैवाहिक समारोह हबको रुपमा विकास गर्ने भएको छ । सरकारले मंगलबार ल्याएको अगामी आर्थिक वर्ष २०८१।०८२ को बजेटमा पर्यटन प्रवद्र्धन गर्न जनकपुरधामलाई वैवाहिक स्थलको रुपमा विकास गर्ने घोषणा गरेको हो ।

नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्य जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गर्न लागेको छ ।
यस्तै लुम्बिनीलाई बर्थिङ हबका रुपमा विकास गर्ने बजेटमा समेटिएको छ ।

Sponsored

‘राम जानकीको विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबका रूपमा प्रद्र्धन गरिने छ,’ बजेटमा छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *