TodayPati

सिरोहियालाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगियो

टुडेपाटी
जनकपुरधाम, जेठ १५ गते ।

नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । गत शुक्रबार स्वास्थ्यमा समस्यादेखिएपछि उनलाई जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो ।

चिकित्सकले यहाँबाट रेफर गरेपछि सिरोहियालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
सिरोहियालाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको चिकित्सकले जनाएको छ । काठमाडौंको मेडिसिटी हस्पिटल लगिएको हो ।

Sponsored

रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले नागरिकता कसुरमा १६ वैशाखमा धनुषा प्रहरीमा दिएको जाहेरीको आधारमा सिरोहियालाई गत जेठ ८ गते काठमाडौं स्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट प्रहरीले पक्राउ गरेर धनुषा ल्याएको थियो ।

सोमबार उनलाई तेश्रो पटक धनुषा जिल्ला अदालतले थप ३ दिनको म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *