TodayPati

कैलाश सिरोहियालाई थप तीन दिन प्रहरी हिरासतमा राख्न नुमति

टुडेपाटी-
जनकपुरधाम, जेठ १४ गते ।

नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेश्रो पटक पुनः तीन दिन म्याद थपको लागि धनुषा अदालतले अनुमति दिएको छ । दोस्रो पटक आज जिल्ला अदालत धनुषाका जिल्ला न्यायाधीश यदुराज शर्माको इजलासले तीनदिन हिरासतमा राखेर अनुसन्धन गर्न धनुषा प्रहरीलाई अनुमति दिएको हो ।

उनलाई तेश्रो पटक जिल्ला सरकारी वकिलको कार्यालयले पुनः ५ दिन म्याद थपको लागि सिफारिस गरेको थियो । यधपी तीनदिनको म्याद थपको अनुमित दिएको जिल्ला अदालत धनुषाका श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

Sponsored

गत शुक्रबार थप गरिएको तीनदिनको म्याद आज सक्किन लागेपछि तेश्रो पटक धनुषा जिल्ला अदालतमा पेश गरिएको थियो । यधपी आज उनलाई काव्य अस्पतालबाट एम्बुलेन्स मार्फत सरकारी वकिलको कार्यालयमा लगेर म्याद थपको लागि सिफारिस गरिएको थियो । स्वास्थ्य अवस्था ठिक नभएको कारणले सरकारी वकिलको कार्यालयबाट पुनः अस्पताल लगिएको थियो ।

नागरिकता दुरुपयोग सम्बन्धि कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया एकसातादेखि धनुषा प्रहरीको हिरासतमा छन् ।
स्वास्थ्यमा समस्या आएपछि गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो । उनको अहिले सोही अस्पतालमा प्रहरीको निगरानीमा उनको उपचार अस्पतालमा भइरहेको छ ।
गत मंगलबार सिरोहियालाई काठमाडौं स्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर ल्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइयो । शुक्रबार पुनः ३ तीनको म्याद थपिएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *