TodayPati

महोत्तरी आउँदै गरेको बससहित चार सवारीसाधन चितवनमा ठोक्किएर दुर्घटना, एकको मृत्यु, २२ घाइते

टुडेपाटी-
जनकपुरधाम, जेठ १४ गते ।

काठमाडौंबाट महोत्तरी आउँदै र वीरगञ्ज कठमाडौं जाँदै गरेका बससहित चार सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आइतबार राति चार सवारी साधन ठोक्किएर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार राति साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

Sponsored

दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । राति दुर्घटना पश्चात सो सडक खण्ड अवरुद्ध रहेको थियो । आज बिहानदेखि सडक खुलाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *